सानिमा माई हाइड्रोपावरले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सामान्य प्रगति गरेर वित्तिय विवरण सार्बजानीक गरेको छ ।

गत बर्षको दोस्रो त्रैमासमा २१ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा खुद नाफा बढाएर २२ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।

हाइड्रोपावरको बिद्युत बिक्रीबाट हुने आम्दानीमा बृद्धि हुदा उसको खुद नाफा पनि बढेको हो । हाइड्रोपावरले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा बिद्युत बिक्रिबाट ४६ करोड ३८ लाख रुपैयाँ कमकाएको छ । गत बर्ष उसले बिद्युत बिक्रि गरेर ४५ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाइड्रोपावरले शेयर पुँजी २ अर्ब ११ करोडबाट २ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । उसको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २द्द रुपैयाँ ९९ पैसा रहेको छ ।

कम्पनीले ईलाममा २९ मेगावाट विजुल उत्पादन गरिरहेको छ भने अन्य सहायक कम्पनीमार्फत अरु आयोजनाहरु पनि बनाउँदै छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here