सानिमा माई हाईड्रोले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताब गर्दा बोनस मात्रै वितरण गर्नुपर्ने बाध्यता परेको छ ।

उसले गत बर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर वापत ०।५३६२ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको हो ।

उसले पुस २७ गते आठै बार्षिक साधारणसभाको मिति तय गरी पुस ७ गते बुक क्लोज तोकेको छ ।

२ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको कम्पनीले अघिल्लो बर्ष ठूलो मात्रामा हकप्रद बिक्री गरेर पूँजी संकलन गरेको थियो, जसले गर्दा प्रतिशेयर आम्दानीमा ठूलो संकुचन ल्याएको छ । उसले ईलाममा माई र त्यसको क्यास्केट गरी २९ मेगावाटका आयोजनाहरु संचालन गरिरहेको छ ।

कम्पनीले सानिमा मिडिल तमोर, तमोर, माथिल्लो मैलुड. खोला लगायतका आयोजनाहरु बनाईरहेकाले ती आयोजनामा थप लगानी गर्न बोनस शेयर वितरण गरी पैसा आफैसँग राख्ने निचोडमा कम्पनी पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here