बैंक तथा बित्तीय संस्थाहरुको खुद नाफा घटेको समाचारले हैरान भएका सेयर बजारका लगानीकर्ताहरुले जलबिद्युत क्षेत्रका कम्पनीहरु सानिमामाई र अपी पावरको पनि खुद नाफा घटेको अबस्था सामना गर्नु परेको छ ।

सानिमामाई र अपी दुबैको बिजुली बिक्रीबाट हुने आम्दानी घट्नुका साथै खर्चहरुमा कमी आउन नसक्नुले खुद नाफा घटेको देखिएको छ ।

सानिमामाईले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड १९ लाख खुद नाफा कमाएको छ जबकि त्यो गत बर्ष १७ करोड ३ लाख रुपैयाँ थियो । सानिमामाईको शतप्रतिशत हकप्रद सूचिकत नभएको अबस्थामा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा छ ।

अपी पावरले भने यस त्रैमासमा एक करोड ६५ लाख रुपैयाँ कमाएको छ जब कि उसले गत बर्षको पहिलो त्रैमासमा एक करोड ७० लाख रुपैयाँ कमाएको थियो । अपीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ । सेयर पूँजी थपिएको अबस्थामा जलबिद्युतहरुको प्रतिसेयर आम्दानी अरु न्युन हुनसक्छ ।

उता, हिमालयन पावर पार्टनरले भने विजुली उत्पादन र आय हुने कामै नगरेकाले खाली बित्तीय विवरण प्रकाशित गरेको छ । उसको चुक्ता पूँजी एक अर्ब ६ करोड छ । केही समय यस कम्पनीको सेयर मूल्य उचालिएर किन्नेहरुलाई अहिले खाली बित्तीय विवरण हेर्दा झट्का लाग्नसक्छ ।

सानिमामाईमा संस्थागत सुशासन राम्रो भए पनि अपीमा शंकाष्पद छ । हाईड्रोपावरहरुको आम्दानी एकनासको हुने, नयाँ आयोजनाहरु बनाउँदा त्यसबाट प्रतिफल हासिल हुन लामो समय लाग्ने र संस्थागत सुशासन खराब भएको कम्पनीले अधिक लागतका कारण लाभांश खुवाउन समस्या हुनसक्ने हुँदा राम्रो हाईड्रोको सेयर पनि दीर्घकालीन लगानीका लागि मात्रै उपयुक्त छ ।

आयोजनामा ७० प्रतिशत लगानी गर्ने बैंकहरुलाई सार्वा तथा ब्याज भुक्तानी र विद्युत उत्पादन सुरु भएको १५ बर्षपछि २० प्रतिशत कर कट्टा हुने लगायतका कारणहरुले जलसबिद्युत आयोजनाहरुबाट सेयरधनीले प्रतिफल हासिल गर्न लामो समय कुर्नुपर्ने र निश्चित मात्राको प्रतिफल पाउने संभावना हुन्छ ।

जलबिद्युत आयोजनाहरुको साधारण होस वा संस्थापक सेयर उचालिएर किन्नेहरुले पाठ नसिक्दा अरु घाटा खानुपर्ने अबस्था आउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here