सान्जेन जदविद्युत निर्माण पुरा हुन ढिलाई हुँदा कम्पनीको घाटा बढेर झण्डै १ करोड पुगेको छ । । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले ९५ लाख ३६ हजार घाटामा खाएको छ । कम्पनीले गत आर्थिक बर्षमा १८ लाख २१ हजार घाटामा थियो ।
आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न गएकोे हो ।
हालसम्म माथिल्लो सान्जेनको ८५ प्रतिशत तथा सान्जेनको ७५ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका अनुसार माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७–०७८ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो त्रैमासको तुलनामा दुवै कम्पनीको निमार्ण प्रगति तीन प्रतिशतले मात्र सुधार भएको देखिन्छ ।
सान्जेनको निमार्ण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै नौ अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो ।
चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ३ अर्ब ५७ कारोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ । यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५० लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ १३ पैसा छ।