सर्बसाधारणलाई प्राथमिक सेयर बिक्री गर्न आब्हान पत्र प्रकाशन गरेर पनि बीचमै रोकिएको काभ्रेको सामुदायिक लघुवित्तका प्रमुख कार्यकारीलाई नेपाल राष्टै बैंकले कारबाही गरेको छ ।

राष्ट्र बैंकले सामुदायिकका प्रमुख कार्यकारी स्वयमभुराम जोशीलाई पाँच लाख रुपैयाँ जरिवाना गरेको हो । जोशीले राष्ट्र बैंक र आफ्नो बैंक संचालक समितिको निर्देशन कार्यान्व्यन गर्नुको बदला बाधा पुरयाएको, निर्देशन र स्थापित मान्यता विपरित प्रमुख कार्यकारीको पदमा बसेको, राष्ट्रबैंकका कर्मचारीलाई उल्टो आक्षेप लगाएको लगायतका आरोपहरु लगाईएको छ ।

काभ्रेको साँगामा मुख्य कार्यालय रहेको सो संस्थाले माघ ९ गतेदेखि दुई लाख ७३ हजार कित्ता साधारण सेयर बिक्री गर्ने आब्हान पत्र प्रकाशन गरेर बीचमै प्रक्रिया रोकिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here