२१ प्रतिशत सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको संचालक समितिको पुस २५ गते बसेको बैठकले शेयरधनीलाई आर्थिक बर्ष २०७५–०७६ को मुनाफाबाट २५ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
गत बर्ष २५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यो आर्थिक बर्षमा पनि सोही अनुपात दोहोर्याएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
१५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार तीन महिनामा उसले एक करोड ६ लाख रुपैयाँ नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ कायम गरेको छ । प्रतिशेयर नेटवर्थ भने ६३२ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here