दोलखाको  सिँगटी हाइड्रोपावरले ४३ लाख ५० हजार कित्ता प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने भएको छ । सेयर निष्काशनका लागी हाइड्रोपावरले सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

निर्माणाधीन अवस्थामा रहेको सिँगटी हाइड्रोपावरले आयोजनाबाट प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सेयर निष्काशनका लागी सम्झौता पत्रमा हाइड्रोपावरका कार्यकारी निर्देशक गणेश कार्की र सिभिल क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका छन ।

१६ मेगावाटको  हाइड्रोले एक बर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here