सिंगटी हाईड्रो ईनर्जीकोे फागुन ८ गते बसेको संचालक समितिको बैठकले साधारणसभा बोलाएको छ ।
साधारणसभा फागुन ३० गते शुक्रबार कुन्डलीनी, चन्डोल, काठमाण्डौमा हुने भएको छ ।
सभामा आर्थिक बर्ष ०७५–०७६ को बित्तिय बिबरण, बासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका बिषयमा छलफल तथा पारितको एजेन्डा रहेको छ । साथै कम्पनीको चुक्ता पूँजी भन्दा बढि कर्जा लिने सम्बन्धी छलफल रहेको छ ।

कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता प्राथमीक शेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । हाइड्रोले जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ।

आईपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।

हाइड्रोपावरले आईपीओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here