सिटिजन्स बैंकको २ अर्ब ५० करोड बराबरको ऋणपत्र फागुन २० गते देखि बिक्रि हुने भएको छ ।
बैंकले प्रति कित्ता एक हजार दरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जम्मा ऋणपत्र मध्ये १ अर्ब बराबरको १० लाख कित्ता सर्वसाधरणलाई बिक्रि गर्नेछ भने बाँकी १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्रिगत लबरबाट बिक्रि गर्ने भएको छ ।
सर्वसाधरणका लागि निष्कासन गरिने १० लाख ऋणपत्र मध्ये ५० हजार ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टाईएको छ ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १०.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्नेछ।
ऋणपत्रमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई इक्रा रेटिङ्ग नेपालले इक्रा एनपी एल त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here