सिटिजन्स बैंकले पौष १० गते सुचना प्रकाशन गर्दै विगत ५ बर्ष देखिको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई माघ १० गतेसम्ममा बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल डिल्लिबजारमा लाभांश रकमको पुर्जी आफ्नो खातामा जम्मा गर्न आब्हान गरेको छ ।

बैंकको पाँच बर्ष यताको लाभांश रकम कसैले नबुझे त्यो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने भएकाले यस्तो सुचना निष्कासन गरेको हो ।

कम्पनी ऐन र लगानीकर्ता संरक्षण कोष तथा सञ्चालन कार्यविधि अनुसार लामो समय सम्म नगद लाभांश बुझिलिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

साथै गत आ.व मा बैंकले घोषणा गरेको १२ प्रतिशत नगद लाभांश बराबरको रकम सम्बन्धित खातावालको खातामा पठाइसकिएको र डिम्याट खाता नंम्बर उपलब्ध नभएका शेयरधनीहरुको मात्रै लाभांश रकम पठाउन बाँकी रहेकाले सम्बन्धित सबैले यथाशिघ्र सो बैंकका शाखा वा यस बैंकको सहायक कम्पनी सि.बि.आई.एल क्यापिटल डिल्लिबजारमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन बैंकले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here