कोरोना संक्रमणको कारणले लगातार लकडाउन गरिएपछि बाणिज्य बैंकहरुले नाफा लुकाएर थोरै वितरणयोग्य नाफा देखाउने चलाखी गर्नसक्ने संभावना सिटिजन्स बैंकको बित्तीय विवरण हेर्दा फेला परेको छ ।
सिटिजन्स बैंकको ब्यवसायको अवस्था नखस्केको भए पनि ४८ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा राखेपछि दोस्रो त्रैमासको वितरणयोग्य नाफा ६२ करोड भन्दा धेरै कम भएर तेस्रो त्रैमासमा ४१ करोडमा झरेको छ । उसको शेयरधनी कोष दोस्रो त्रैमासमा ६६ करोड रहेकोमा अहिले तेस्रो त्रैमासमा ४५ करोडमा झर्नु रहस्यमय नै हो ।
हेर्नुहोस् सिटिजन्सको तेस्रो त्रैमास
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमास र अघिल्ला विवरणमा यो तुलनात्मक अध्ययन आधारित छ
बैंकले तेस्रो त्रैमासमा ९ करोड रेगुलेटरी रिजर्भबाट फिर्ता ल्याएर वितरणयोग्य नाफामा जाडेको छ । बैंकको निस्क्रिय कर्जा दोस्रो त्रैमासमा भन्दा अनुपात घटेको बेला सो वापतको प्रोभिजन भने बढाएर देखाउनुले पनि नाफा लुकाएको अनुमान गर्न सहयोग पुग्छ ।
राष्ट्र बैंकले चैत्र मसान्तसम्म असुल हुनुपर्ने कर्जाको सावाँ ब्याजलाई असार मसान्तसम्म असुले हुने गरी छुट दिएको र सो वापत प्रोभिजन पनि गर्नु नपर्ने भनेको छ । बैंकले यो सुविधा उपयोग गरेकै देखिन्छ । सिटिजन्सका अधिकाँश सूचकहरु पनि सकारात्मक नै छन् ।
यसरी लुकाईएको नाफालाई चौथो त्रैमासमा ल्याएर देखाउने रणनीति अख्तियार गरिनसक्छ ।
कोरोना संक्रमणका कारण उद्योग ब्यवसाय संकटग्रस्त अबस्थामा पुगेर कर्जाको ब्याज नघटाए आफुहरु उठ्न नसक्ने ब्यवसायीहरुले बताईरहेको बेला बैंकहरुले भने नाफा कम देखाउने रणनीति अख्तियार गरेका छन् र सिटिजन्सले देखाएको संकेत अरु बाण्ज्यि बैंकको विवरणमा पनि प्रतिबिम्बित हुनसक्छ । यद्यपी सिटिजन्सको स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको ४.५ तल र अरु बाणिज्य बैंकको तुलनामा कम छ ।