एन आई सी एशिया बैंक लिमिटेडले सिटिजन लाईफ इन्स्योरेन्स र रिलायबल लाईफ इृन्स्योरेन्स कम्पनीसँग ैकास्योरेन्स समझौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन र रिलायबलको जीवन बीमा योजनाहरु खरिद गर्न र प्रिमियम बुझाउन सक्ने छन् ।

अलग अलग रुपमा भएका कार्यक्रममा सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सिटिजनका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख कार्यकारी अधिकृत श्री नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

देशभर शाखा संजाल बिस्तार गर्दै गरेको एनआईसी एशियासँग नयाँ बीमा कम्पनीहरुले हातेमालो गरी कारोबार बिस्तार गर्न रुची देखाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here