सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कपिलबस्तु जितपुर शाखाले बिमा दाबीबापत एक करोड ५० हजार रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको छ ।

कम्पनीले वाणगंगा नगरपालिकामा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बिमित सोमनाथ पौडेलकी पत्नी देवका खनाल पौडेललाई एक करोड ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद चौधरीले संयुक्त रुपमा बिमा दाबी रकमको चेक हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here