आज पौष २८ गते साधारणसभा भईरहेको नेपाल इन्भेष्टमेन्ट बैंक र भोली पुस २९ गते साधारणसभा हुने सिटी एक्सप्रेस फाइनान्स बिच मर्जरको सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटी एक्सप्रेसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले खरीद गर्ने भएको छ ।

सोही सम्झौता बमोजिम आज अर्थात् पुस २८ गते सोमबारबाट नेप्सेले फाइनान्सको कारोबार रोक्का गरेको छ । सम्झौता अनुसार दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (ड्यु डिलिजेन्स अडिट) बाट शेयर स्वाप रेसियो तय हुने बताइएको छ ।

विगत लामो समयदेखि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश खुवाउन नसकेको फाइनान्सले पुस २९ गते साधारणसभा आव्हन गरि मर्जरमा जाने प्रस्ताव पारित गराउँदैछ ।

फाइनान्सको प्रथम त्रैमासिक विवरण अनुसार प्रति शेयर घाटा दुई रुपैयाँ पचास पैसा र प्रतिशेयर नेटवर्थ ६४ रुपैयाँ ४६ पैसा रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here