सिद्धार्थ बैंक समेतको संस्थागत लगानी रहेको सिद्धार्थ ईन्स्योरेन्सले ब्यवसाय बृद्धिसँगै जोखिमबहन क्षमता र  खुद नाफा पनि उल्लेखनीय रुपमा बढाउँदै लगेको छ ।

गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म खुद बिमा शुल्क आर्जन ५३ करोड गरेको कम्पनीले यो बर्षको सोही अवधिसम्म १२ करोडले बढाएर ६५ करोड बनाएको छ भने खुद नाफा १४ करोडबाट १८ करोड पुगेको छ । चौथो त्रैमासको सिद्धार्थको खुद नाफामा अरु धेरै बढोत्तरीको संभावना देखिन्छ ।

ब्यवसायको आकार बृद्धिसँगै कम्पनीमा दावी भुक्तानी रकम र संख्यामा समेत बृद्धि भएको छ । गत बर्ष तीन हजार चार सय ३१ जनाको ५० करोड दावी भुक्तानी गरिएकोमा यो बर्षको नौ महिने अवधिमा चार हजार ११० जनाको ७३ करोड दावी भुक्तानी भएको छ । अझै ५८ करोड दावी भुक्तानी हुन बाँकी रहेको देखाईएको छ ।

कम्पनीले बिक्री गरिएका बीमा योजनाहरुका लागि पर्याप्त रकम ब्यवस्था गर्नुका साथै पुनर्बिमालाई दह्रो बनाएको छ ।

फर्जी दावी भुक्तानीमा नियन्त्रण गरे सिद्धार्थ ईन्स्योरेन्सको अबस्थामा अरु गुणात्मक परिवर्तन आउनसक्छ भन्ने यसबाट देखिन्छ ।

कम्पनीको नियमित कारोबार र लगानीबाट प्राप्त हुने आय बढ्दै गएको छ । कम्पनील्े एक अर्ब ५३ करोड अल्पकालीन उपकरणहरुमा लगानी गरेको देखाएको छ ।

६४ करोड चुक्ता पूँजी, १२ करोडको जगेडा कोष र ५० करोडको बीमा कोष रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा, मूल्य आम्दानी अनुपात २२ गुणा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ रहेको छ ।

कम्पनीले चुक्ता पूँजी बृद्धि गर्न जेठ १ गते ३५ प्रतिशत हकप्रद बिक्रीको लागि सेयरधनी दर्ता किताब बन्द हुने सूचना जारी गरेको छ ।

कम्पनीका सूचकहरु केलाउँदा जोखिमबहन क्षमता बढाउँदै कारोबार बिस्तार गर्दै गएकाले डाईभर्सिफाई लगानी अन्र्तगत यसलाई लगानीकर्ताहरुले सूचीबद्ध गर्नु उपयुक्त नै देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here