सिन्धु बिकाश बैंकले आयोजना गरेको आफनो १० औँ बार्षिक साधारण सभा स्थगित भएको छ ।
साधारणसभा गर्न कानुनले तोकेको आवश्यक गुणपुरकसङ्ख्या नपुगेपछि साधारण सभा स्थगित भएको हो ।
बैंकले गत पुस २९ गते मंगलबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, बाह्रबिसे, सिन्धुपाल्चोकमा साधारण सभा बोलाएको थियो ।
सभामा बैंकका संचालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजी को ११.५१ प्रतिशत बोनश र ०.७६ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताब रहेको थियो ।