पाँच जिल्लालाई कार्यक्षेत्र बनाएको सिन्धु विकास बैंकले आर्थिक बर्ष ०७५/०७६ को मुनाफाबाट १२.०९ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कायम चुक्ता पुँजी रु. ५० करोड को ११.५१३ प्रतिशतले हुन आउने बोनस शेयर शेयर र कर प्रयोजनका लागि ०.५७५ प्रतिशत ले हुन आँउने २६ लाख ७८ हजार ६ सय ३४ रुपैँया समेत गरी कुल १२.०९ प्रतिशत लाभांश बितरण गर्ने जनाएको हो ।
बै.कले आ.व. २०७३/०७४ मा २९ करोड चुक्ता पुँजी भएकोमा आ .व ०७४/०७५ मा ४१ दशमलव ९२ प्रतिशतले वृद्धि गरेर ५० करोड पु¥याएको थियो ।

बैंकले गत बर्ष ४ करोड ३० लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ८ रुपैयाँ कायम गरेको थियो । उसले संचित कोषको समेत उपयोग गरी लाभांश वितरणको प्रस्ताब गरेको देखिएको छ । बोनस जारी भएपछि पूँजी ५५ करोड नाघ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here