सिभिल बैंकका अध्यक्ष ईच्छाराजा तामाङको सम्पति रोक्का गरी बयानका लागि बोलाउने तयारी भएको छ ।
तामाङलाई सम्पति शुद्धिकरण अनुसन्धान बिभागले छानविनको दायरामा राखी सम्पति रोक्का गरेर बयान लिई अनुसनधान अगाडि बढाउँन लागेको समाचार स्रोतले जनाएको छ ।
उनले गैरकानुनी र स्रोत नखुलेको सम्पति आर्जन गरेको देखिएपछि तामाङको ६० करोड रुपैयाँ बराबरको सम्पति रोक्का राखिएको बताईएको छ ।
तामाङ समस्याग्रस्त सिभिल सहकारीका संस्थापक अध्यक्ष र हाल सल्लाहकार, सिभिल समूहका अध्यक्ष र पूर्व सभासद् समेत हुन् ।
तामाङको २४ वटा कम्पनीमा लगानी रहेको देखिएको सम्पति शुद्धिकरण विभाग सम्बद्ध स्रोतले जनाएको छ ।
उनीमाथि सिभिल सहकारीको रकम बदनियतपुर्ण ढंगले आफैलाई कर्जा प्रबाह गरी दु्रुपयोग गरेको अभियोगमा छानविन थालिएको हो तर पछि धेरै कुरा आएका छन् ।
तामाङको सिभिल बचत तथा ऋण सहकारीले सर्बसाधारणको सात अर्ब बचत संकलन गरेकोमा पाँच अर्ब भन्दा बढी रकम उनैको कम्पनीले कर्जाको रुपमा उपयोग गरेको थियो । सो सहकारीले अहिले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि दैनिक रुपमा धर्ना दिने क्रम जारी छ ।
उनीमाथि सिभिल बैंकको संस्थापक शेयर गैरकानूनी रुपमा श्रीमतिको नाममा खरिद बिक्री गरिएको अभियोग समेत लागेको छ ।
तामाङकै कारण सिभिल बैंक संकटबाट उम्किन सकेको छैन ।