सिभिल बैंकले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा देशभर विविध सामाजिक काम गरेको छ ।

यस अवसरमा देशभरका विभिन्न शाखामार्फत महिनाभर सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना भएको बैंकले जनाएको छ ।
बैंकले महिनाभर ३८ शाखामा गरेको रक्तदान कार्यक्रममा १ हजार ३ सय ५४ पिन्ट रगत संकलन भएको छ ।

त्यसैगरी बैंकले २८ साखामार्फत विभिन्न सरकारी विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक स्थिति कमजोर भएका २८ छात्रालाई छात्रावृत्तिसमेत प्रदान गरेको छ ।

साथै बैंकले विभिन्न नगरपालिका तथा सफाइका क्षेत्रमा कार्यरत संघसंस्थालाई फोहर राख्ने भाँडो हस्तान्तरण गरेको छ भने धर्मशाला निमार्णका लागि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here