काठमाडौ । ठूला चाड पर्वलाई लक्षित गरेर राजधानीका आठ स्थानमा सुपथ मूल्य पसल संचालनमा आएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल टे«डिङ र दुग्ध विकास संस्थानले संयुक्तरुपमा सुपथ मूल्यका पसल संचालनमा ल्याएका हुन् ।
राजधानीमा कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकीमा त्यस्ता पसल संचालनमा छन् । उपत्यका बाहिर बनेपा, विराटनगरलगायत २२ स्थानबाट पनि सुपथ मूल्य पसल सञ्चालन गरिएको जनाईएको छ । तीनवटा घुम्ती सेवालाई पनि सञ्चालनमा ल्याएको छ ।
पसलहरुमा विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ पाईन्छ ।