सूर्य लाईफ इन्स्युरेन्सले चालु आर्थिक बर्ष दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार इन्स्युरेन्सले दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जुन गत बर्षको सोही अवधिको तुलनामा ४०.४२ प्रतिशतको वृद्धि हो ।
इन्स्युरेन्सले यस अवधिमा १५ करोड १९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको खुद नाफा हेर्ने हो भने इन्स्युरेन्सको १० करोड ८२ लाख २७ हजार रुपैयाँ थियो। यो गत आर्थिक वर्षको तुलनामा ४ करोड ३७ लाख रुपैयाँले बढी हो।
२ अर्ब १५ करोड ५१ लाख ३८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्युरेन्सको जगेडा कोषमा ५६ करोड ८९ लाख ९४ हजार रुपैयाँ जम्मा रहेको छ ।
यस्तै ६ अर्ब २१ करोड ४९ लाख ४९ हजार रुपैयाँ जीवन बीमा कोषमा र ९ करोड ८२ लाख १४ हजार रुपैयाँ महाविपत्ति कोषमा रहेको छ, भने लगानी कर्जा तथा अन्यबाट इन्स्युरेन्सले २८ करोड ६२ लाख ६१ ह्जार रुपैयाँ र बीमालेख को धितोमा कर्जाबाट इन्स्युरेन्सले २ करोड ६७ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्युरेन्सले ४ लाख ४२ हजार ८८५ बीमालेख जारी गरी १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।
इन्स्युरेन्सले कुल ६९७ दाबी भुक्तानी संख्या बापत १६ करोड ९७ लाख ८ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ४५९ बाँकी दाबी बापत ३ करोड १२ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
इन्स्युरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा रहेको छ, भने बार्षिक प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९२ पैसा रहेको छ ।मूल्य आम्दानी अनुपात २४.११ गुणा छ।
बीमांकीय मूल्यांकन नभएसम्म जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा घाटा थाहा नहुने हुँदा त्रैमाशिक बित्तीय विवरणमा मात्रै आधारित रहेर बिश्लेषण गर्नुहुन्न ।