कमल भारती ।

सेयर बजारमा आउने लगानीकर्ताको संख्या बृद्धि भएर गएसँगै अब दोहोरी गीतमा पनि सेयर बजार छाउन थालेको छ ।

सेयर बजारका बारेमा सर्बसाधारणमा सचेतना बिस्तार गर्न ब्रोकर नम्बर ३४ अर्थात भिजन सेक्युरिटिज लिमिटेडले हालै दोहोरी गीत सार्वजनिक गरेको छ । नेपाली लोकलयमा आधारित गीत सेयर बजारबारे सिक्न अघि बढौ हुन्न लजार भन्ने बोलको गीत भिजनले युट्युवमार्फत सार्वजनिक गरेको हो ।

लोकनाथ सापकोटा र टीका पुनसहितका कलाकारहरुको स्वर रहेको गीतको रचना बिन्दु कोइृरालाले गरेकी हुन् । गीतमा सर्बसाधारण लगानीकर्तालाई सेयर बजारको फाईदा र जोखिमबारे जानकारी दिने प्रयास गरिए पनि भिजन सेक्युरिटिज र आर्यतारा सेक्युरिटिजको प्रचारबाजी पनि रहेको छ । गीतमा ब्रोकर संचालक र कर्मचारीहरुकै दृश्यहरु समेटिएका छन् ।

सेयर बजारमा जोखिम हुन्छ र बुझेर मात्र लगानी गर्दा राम्रो प्रतफिल पाईन्छ भन्ने गीतको मुख्य संदेश छ । सेयर बजार जस्तो संबेदनशील र गहन बिषयलाई लोकभाकामा उतारेर सर्बसाधारणलाई सचेत पार्न खोज्नुमा कलाकारहरुको खुवी झल्किन्छ ।

बीच बीचमा र्याप गीतका टुक्राहरु समेत समाबेश गरिएकाले यसलाई लोक दोहोरी मात्रै नभनेर मिश्रित गीत भन्नुपर्छ । गीतमा सेयर बजारसम्बन्धी कारोबारका दृश्यहरु समाबेश गरेर रोचक बनाईएको छ । केही सम्बादहरु राखेर नाटकीय रुपान्तरण समेत गरिएका दृश्यहरु राखिएको भए गीतले अरु धेरै सार्थकता प्राप्त गर्नसक्थ्यो ।

सेयर बजारबारे संगीत, साहित्य, नाटक, टेलिश्रृंखला र तालिमहरुमार्फत आम लगानीकर्तामा सेचतना फैैलाउने प्रयासलाई सकारात्मक रुपमा लिदै सम्बद्ध सबैले सहयोग गर्नु आबश्यक छ ।

गीतको लिंक

https://www.youtube.com/watch?app=desktop&v=626yxhFNbPw&feature=youtu.be&fbclid=IwAR3A89muo2irw4X6e0AGOrPVRCGFJ-DJLH4KqhJdrkGLzT4xMWWY1Y15yHk#menu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here