नेपालको सेयर बजारमा भित्री कारोबार गर्नेहरु अब प्रहरी कारबाहीमा पर्ने भएका छन् ।

सरकारले संसदमा पेश गरेको केही नेपाल सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पारित भएमा नेपाल धितोपत्र बोर्डको अधिनमा रहेको भित्री कारोबार सम्बन्धी मुद्धाको क्षेत्राधिकार नेपाल प्रहरीमा पुग्ने छ ।

सरकारले संसदमा पेश गरेको विधेयकमा धितोपत्रसम्बन्धधी ऐन २०६३ का हाल विद्यमान ६ वटा दफाहरुमा संशोधन प्रस्ताब गरिएको छ । दफा ७, ८६, १००, १०२, १०४ मा संशोधन गर्ने र दफा १०३ खारेज गर्ने प्रस्ताब छ ।

१. हालको ऐनमा रहेको दफा ७ को उपदफा (७) पछि निम्न अनुसारको उपदफा (८) थप्न प्रस्ताव गरिएको छ ।

(८) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको पद रिक्त भएमा, उपदफा (७) बमोजिम नेपाल सरकारले निजलाई पदबाट हटाएमा वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्नेछ।”

२. दफा ८६ को ठाउँ ठाउँमा रहेका “दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले” भन्ने शब्दहरुको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ।

३. दफा १०० मा रहेका “दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको” भन्ने शब्दहरुको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले अनुसन्धानको” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ।

४. विधेयकले दफा १०२ मा संशोधन गर्ने प्रस्ताव गरेको छ । दफा १०२ को उपदफा १ मा ूदफा ९१,९४, ९५,९६,९७,९८,९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ मा समावेश भएको मानिनेछ भन्ने वाक्य राख्न प्रस्ताव गरिएको छ ।

त्यस्तै उपदफा २ मा ूयो दफा प्रारम्भ हुनुभन्दा अघि बोर्डमा दर्ता भई तहकिकातको क्रममा रहेका उपदफा (१) मा उल्लिखित दफा अन्तर्गतका उजुरी, तत्सम्बन्धी कागजात तथा विवरण सो उपदफा बमोजिम अनुसन्धान गर्ने अधिकारी समक्ष हस्तान्तरण गर्नु पर्नेछ।” भन्ने ब्यबस्था गरिएको छ।

५. दफा १०४ को ठाउँ ठाउँमा रहेका “बोर्डले” भन्ने शब्दको सट्टा “यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले” भन्ने शब्दहरु राख्न प्रस्ताव गरिएको छ। अनुसन्धान गर्ने अधिकारी भनेको प्रहरीलाई बुझाउँछ ।

६. दफा १०३ खारेज गर्न प्रस्ताव गरिएको छ।

यस्तो हुनेछ परिवर्तन

अव धितोपत्र बोर्डको अध्यक्ष पद कुनै कारणले रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षता गर्ने छन् ।

धितोपत्र सम्बन्धी ऐनमा ब्यवस्था भएको भित्री कारोबार, झुट्टा कारोबार, मूल्यमा उतार चढाव गराउने कारोबार, धितोपत्र बजारलाई प्रभावित गर्ने कारोबार, झुक्याउने कारोबार, जालसाजीयुक्त कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने नयाँ ब्यबस्था गरिएको छ । नयाँ मुद्धा मात्रै हैन, धितोपत्र बोर्डमा यसअघि दर्ता रहेका र अनुसन्धानको क्रममा रहेका मुद्धासमेत प्रहरीको अनुसनधान दायरामा पुग्ने भएको छ ।

त्यसका लागि माथि उल्लेखित कसुरलाई मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ मा राखेर सोहि अन्तर्गत कारवाही गर्न विधेयकमा प्रस्ताव गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ को कसुरमा प्रहरीले अनुसन्धान गर्न सक्ने कसुरमा धितोपत्र सम्बन्धी कसुर स्पष्ट रुपमा उल्लेख भएपछि धितोपत्र बजारको अपराध प्रहरी अनुसन्धानको दायरामा पुग्न लागेको हो । ््

विद्यमान धितोपत्र ऐनको दफा १०३ मा बोर्डको अधिकृतले अनुसन्धान गर्ने उल्लेख गरिएकोमा अब नयाँ ब्यवस्था अनुसार त्यो दफा खारेज भई प्रहरीले अनुसन्धान गर्ने बनाईएको हो ।

धितोपत्र बोर्डले यस अघि भित्री कारोबार समबन्धी नियमावली जारी गरेर नियमन कडा पारे पनि अवैध कृयाकलापहरुमा कमी नआएकाले कानून कडा बनाउनु आबश्यक देखिएको बताईन्छ ।

यसरी धितोपत्र सम्बन्धी कानूनमा कडाई गरिएको अबस्था हुँदा लगानीकर्ताले सजग र सावधान भएर नियमबद्ध तरिकाले लगानी सम्बन्धी निर्णय गर्नु अनिबार्य बन्न गएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here