तिलक कोइराला ।

धितोपत्र बोर्डले आउने बर्षदेखि ब्यक्तिगत करदाता नम्बर (प्यान) सेयर बजारका लगानीकर्तालाई अनिबार्य गर्ने घोषणा गरेपछि कतिपयले त्यसैलाई आतंक फैलाउने बिषय बनाएका छन् तर लगानीकर्ताले राम्ररी बुझ्ने हो भने प्यान अनिबार्य गरिदा उनीहरुलाई नै अभुतपूर्व फाईदा हुने देखिएको छ ।

प्यान कार्डबारे धितोपत्र बोर्ड के भन्छ ? यो पनि पढ्नुहोस्

सेयर बजारमा पारदर्शिता आओस भनेर नै प्यान नम्बर अनिबार्य गर्न लागिएको हो

सेयर लगानीकर्तालाई प्यान कार्ड अनिबार्य पुरै नयाँ ब्यवस्था हुँदै हैन, अहिले पनि साधारण सेयर (आईपीओ) र एफपीओमा १० लाख रुपैयाँ भन्दा बढीको आबेदन गर्नेले अनिबार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्छ र गर्दै आएका छन् । मात्रै दोस्रो बजारमा लगानी गर्ने सबैलाई अनिबार्य गर्न लागिएको हो ।

नौ अंकको प्यान कार्ड करदाताको ब्यक्तिगत परिचय नम्बर हो, यस्तो कार्ड एउटा ब्यक्तिका लागि कर कार्यालयले जीवनमा एकपटक मात्र जारी गर्छन । एकपटक प्यान कार्ड लिएपछि जीवनभरलाई हुन्छ ।

प्यान नहुँदा घाटै घाटा

अहिले सेयर बजारका लगानीकर्ताहरुले सेयर कारोबारमा तोकिएको कमिशन र सेयर बेच्दा नाफाको पाँच प्रतिशत पूँजीगत लाभकर तिरिरहेका छन् । त्यो रकम सेयर दलालकै नामबाट नेप्सेले काट्छ र कर कार्यालयमा जम्मा हुन्छ तर लगानीकर्ताको प्यान नम्बर भएको भए त्यो रकम लगानीकर्ताकै नामबाट कर कार्यालयमा दाखिला गरिएको जनिन्थ्यो, लगानीकर्ताको कर अभिलेख  ब्यबस्थित हुने थियो ।

अहिले कुनै लगानीकर्तालाई पूँजीगत लाभकर तिरेको अभिलेख चाहियो भने सेयर दलालको कार्यालय हुँदै स्टक एक्सचेन्जको कार्यालयमा धाउनुपर्छ र नेप्सेको पत्र लिएर कर कार्यालय गएपछि मात्र लगानीकर्ताको नाममा कर कार्यालयले पूँजीगत लाभकर तिरेको प्रमाण दिने गर्छ ।

प्यान नम्बर भएको भए लगानीकर्ताले आफुले तिरेको कर विवरण जहिले पनि हेर्न र प्रमाणको रुपमा देखाउनसक्ने अबस्था हुन्छ । प्यान नम्ब नभएको अबस्थामा कागज बुझ्दैको हैरान हुने गरेको छ ।

लिएपछि  फाईदा अनेक

लगानीकर्ताले आफुले कमाएको रकमको स्रोत देखाउन धेरै काम लाग्छ । बैंकबाट कर्जा लिन आम्दानीको स्रोत देखाउनु पर्दा पनि यसैलाई प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ । विदेश जान लाग्दै हुनुहुन्छ भने कर तिरेको प्रमाण प्रस्तुत गर्दा झन् धेरै बिस्वास सिर्जना हुनसक्छ । आफुलाई चाहिएको बेला कर कार्यालयको वेभसाईट खोलेर बिबरण प्रिन्ट गर्नसकिन्छ ।

अरु पनि फाईदा हुन्छ

यो कार्ड परिचय पत्रको आकारको हुनेछ, सजिलै गोजीमा राखेर हिड्न सकिन्छ । आबश्यक परेको ठाउँमा परिचय पत्रको रुपमा पनि काम लिन सकिन्छ ।

यसबाट धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, निक्षेप सदस्य, सेयर रजिष्ट्रार, सेयर दलाल, बैंक लगायतका निकायलाई पनि आफ्ना ग्राहकको पहिचान गर्न र करसम्बन्धी अभिलेख ब्यवस्थित गर्न सघाउ पुग्ने छ ।

प्यान लिएपछि कर बढी लाग्छ कि ?

धेरै लगानीकर्ताको बुझाई के छ भने प्यान नम्बर लिएपछि सरकारले धेरै कर लगाउने छ र कमाएको धेरै रकम सरकारलाई कर तिर्दैमा सकिने छ । तर त्यसो हैन ।

आन्तरिक राजश्व बिभागका निर्देशक तथा सहायक सूचना अधिकारी शरद निरौला भन्छन्, प्यान लिएपछि पनि तिर्ने अहिलेकै पाँच प्रतिशत कर हो, त्यो भन्दा बढी लाग्ने छैन । बढीमा पाँच प्रतिशत पूँजीगत लाभकर अन्तिम कर हो । घाटा भएको अबस्थामा यो कर लाग्दैन ।

उनले अझ स्पष्ट शब्दमा भने – सेयर बजारबाट करोड कमाएर पाँच प्रतिशत पूँजीगत लाभकर तिरेपछि थप अरु कुनै कर लाग्दैन ।

अरु झंझट के हुन्छ ?

आन्तरिक राजश्व बिभागका निर्देशक तथा सहायक प्रबक्ता अर्जुनप्रसाद भट्टराईका अनुसार कर चुक्ता प्रमाणपत्र लिनेहरुले बिबरण बुझाउनु पर्नेछ ।

उनले  ४० लाख भन्दा बढीको कारोबार गरेकाहरुको अनिबार्य गरिएको भए पनि पाँच प्रतिशत पूँजीगत लाभकर असुल भईसकेको अबस्थामा त्यसलाई पनि गंभीर रुपमा लिने नगरिएको उल्लेख गरे ।

भट्टराईले प्यान लिने सेयर बजारका लगानीकर्ताले थप कर दायित्व बहन गर्नु नपर्ने, सेयर दलाल, निक्षेप सदस्य, सेयर रजिष्ट्रार र बैंकमा करदाता नम्बर पेश गरेको अबस्थामा सोही नम्बरबाट कारोबारको कर अभिलेख हुने स्पष्ट पारे ।

प्रक्रिया अरु सरल बनाउनु जरुरी

सेयर बजारका लगानीकर्ताले कर चुक्ता लिनुपर्दा कागजी बिबरण बुझाउनुपर्ने झंझट हटाई सेयर दलालकोमा गरेको कारोबार सिधै कर कार्यालयमा पुग्ने ब्यवस्था गर्नुपर्ने देखिएको छ । लगानीकर्ता कर कार्यालयमा उपस्थित भएर कर चुक्ता प्रमाणपत्र लिन सानो निबेदन मात्र भरे पनि हुने वा अनलाईनबाटै आबेदन गर्न सकिने बनाउनु जरुरी छ । सेयर बजारको कारोबार पारदर्शी नै हुने हुँदा अनाबश्यक कागजी झंझटको अर्थ छैन् ।

प्यान कसरी लिने ?

आफ्नो घर वा बसोबास ठेगाना नजिकको कर कार्यालयमा गई नागरिकताको प्रतिलिपि र दुईप्रति फोटोसहित निश्चित प्रकारको निबेदन गरेपछि आधा घण्टामा प्यान कार्ड प्राप्त गर्न सकिन्छ ।

ब्यक्तिगत प्यान नम्बर लिनका लागि आन्तरिक राजस्व विभागको वेबसाइट https://ird.gov.np/ मा गई त्यहां उपलब्ध फाराम अनलाईनको माध्यमबाट भरी त्यस्को कम्प्युटर प्रिन्ट वा सवमिसन नम्बर लिएर गई कर कार्यालयहरुबाट प्यान लिन सकिन्छ ।

आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । ब्यक्तिगत प्यान लिन कुनै शुल्क तिर्नु पदैन ।

यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जांचबुझ गरी कम्प्यूटर प्रणालीबाट प्यान जारी गर्दछन । सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट आवेदकलाई उक्त प्यानको प्रमाणपत्र प्रदान गरिन्छ ।

प्यानबारे थप बुझ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

प्यानमा दर्ता सम्बन्धी जानकारी

 

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here