नवराज सुबेदी ।

धेरैले सोध्छन् – नबराजजी, फलानो संगठनको महासचिव पद किन छाड्नुभयो ? यो प्रश्नको जवाफ दिदैमा म हैरान जस्तै भईसकें । ब्यक्तिगत भेटघाट, लगानीकर्ता साथीहरुको जमघट, संचारकर्मीहरुसँगको टेलिफोन कुराकानी सबैमा उही प्रश्न तेस्र्याईन्छ । सामाजिक संजालमा पनि यस्तै प्रश्नहरु बारम्बार आईरहेका छन् । यही सेरोफेरोमा म बाध्यताबश केही कुराहरु यहाँ राख्न गईरहेको छु ।

म जुन संगठनमा थिएं, त्यसलाई मैले साँच्चै आम लगानीकर्ताहरुको संगठन बनाउँन खोँजै । कुनै पनि धम्की, दबाब र प्रलोभनमा नपरी मैले लगातार आम सर्बसाधारण लगानीकर्ताहरुको पक्षमा आवाज उठाईरहें । मैले संगठनलाई आवाजविहिन लगानीकर्ताहरुको प्रबक्ता बनाउँन खोजे. । संगठनमा रहेका अरु साथीहरुलाई पनि म त्यसैगरी परिचालन भएको देख्न चाहन्थे । सयौं प्रयासहरु मैले त्यही दिशामा गरिरहें ।

आज म निकै दुखका साथ भन्दैछु, नेपालमा सेयर लगानीकर्ताको हकहितका लागि भन्दै खुलेका संगठनहरु एउटा प्राईभेट लिमिटेड कम्पनी भन्दा फरक देखिएनन् । म आफैले स्थापना गरेको संगठनलाई पनि त्यो प्राईभेट लिमिटेड कम्पनीको दर्जाबाट माथि उठाउँन सकिन । एउटा प्राईभेट ईन्भेष्टमेन्ट कम्पनीको दायराबाट बाहिर आउँन नसक्ने अबस्था आएपछि म बाहिरिनु स्वभाविक थियो । यसमा कसैलाई ब्यक्तिगत रुपमा गाली गलौज र दोषारोपण गर्न चाहन्न तर वास्तविकता त्यही थियो कि त्यहाँ बसेर आम लगानीकर्ताहरुको हितमा थप कदम चाल्न सकिन्नथ्यो ।

अर्को संगठनको कुरा गर्दा खेरी ठूला लगानीकर्ताहरुले आफ्नो ब्यक्तिगत स्वार्थका लागि संगठनको नाम भजाईरहेको अबस्था छ । केही ठूला लगानीकर्ताहरुले आफ्नो स्वार्थमा धक्का लाग्दा फोरमको नाम भजाएर बक्तब्यबाजी त गर्छन तर आम सर्वसाधारण लगानीकर्ताको पक्षमा कहिल्यै उभिदैनन् । त्यो संगठन पनि केही सिमित स्वार्थ भएका ठूला लगानीकर्ताको स्वार्धको घेराबाट कहिल्यै बाहिर आउँन नसक्ने देखियो ।

म लगानीकर्ता संघको महासचिवको हैसियतले आफ्नो मात्रै हैन, आफु जस्तै हजारौ लगानीकर्ताको आवाजको प्रतिनिधित्व गर्नुपर्छ भन्ने मान्यता राख्थे, त्यो हुन नसकेपछि बकाईदाले राजीनामा गरेर छाँडे । कुरा यही नै हो ।

त्यो संगठन छाडेपछि म निराश भएर, बिरक्तिएर हिडेको छैन । आफ्नो योजना अनुसार लगानीकर्ताकै हितमा लागिरहेको छु । मेरो साथसाथै म जस्तै अरु लगानीकर्ताको पनि हित होस् भन्ने मेरो कामको केन्द्रबिन्दु छ । आफ्नै मात्र स्वार्थले म हिडेको छैन ।

हामीले अहिले पूँजीबजार लगानीकर्ता संघको प्रस्ताब गरेका छौं । त्यो अबश्य नै केही सिमित ब्यक्तिहरुको प्राईभेट लिमिटेड कम्पनी जस्तो हुने छैन । कुनै एउटा घराना वा ब्यापारीहरुको छायाँ संगठन पनि बन्ने छैन । आम लगानीकर्ताहरुले आफ्नो पीडा, बेदना बिसाउने र त्यसलाई समाधान गर्न सधैं क्रियाशील भईरहने जागा संगठनको रुपमा त्यो संगठन चाँडै नै मुर्त भएर आउने छ ।

सेयर बजारमा रहेका अनेक बिकृतिका बिरुद्ध हामी क्रियाशील हुनेछौ । गलत काम गरेर आम लगानीकर्तालाई डुबाउनेहरुका बिरुद्ध खबरदारी गर्ने छौं । सेयर बजारको कमिशनदर घटाउने, निमयनकारी निकायहरुले चाल्ने भनेका बजार सुधार र बिस्तारका कदमहरु छिटो होस् भनेर दबाब सिर्जना गर्ने, उनीहरुले चालेका कदमहरुलाई सहयोग गर्ने, सेयर दलालहरुलाई जिम्मेवार बनाउने, लगानीकर्ताहरुलाई प्रशिक्षित गर्ने, आम संचार माध्यमहरुलाई लगानीकर्ताको हितमा समाचार प्रबाह गर्न प्रोत्साहित गर्ने जस्ता हाम्रा घोषित उद्धेश्यहरु हुनेछन् ।

यसका लागि संगठित हुन आम लगानीकर्ता साथीहरुलाई हामी आब्हान गर्दछौ । यो संगठन नेपालका लाखौं आम लगानीकर्ताहरुको साझा संगठन बन्नेछ । त्यसका लागि सबैको योगदान र सहभागिता पनि अपरिहार्य छ ।

प्रतिक्रियाका लागि

https://www.facebook.com/nabaraj.subedi.927

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here