सेयर लगानी कम्पनी प्रा. लि. को ब्यवस्थापन परिवर्तन भएको छ । यसअघि तिलक कोइराला अध्यक्ष तथा प्रमुख कार्यकारी रहेको कम्पनीको ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी संचालक स्तुतिकुमारी राउतमा हस्तान्तरण भएको छ ।

नयाँ ब्यवस्थापनले कमलकुमार भारतीलाई सेयर लगानी डटकमको प्रधान सम्पादकमा नियुक्त गरेको छ । भारतीले त्रिभुवन विश्वविद्यालय, पत्रकारिता केन्द्रीय विभागबाट पत्रकारिता तथा आम संचार बिषयमा स्नातकोत्तर गरी लामो सयमदेखि पत्रकारिताका क्षेत्रमा क्रियाशिलता देखाउनु भएको छ । भारतीको नियुक्तिसँगै sharelagani.com अब मंसिर १५ गतेदेखि नियमित रुपमा अद्यावधिक हुँदै नयाँ रुपमा संचालित हुने छ ।

सेयर लगानी डटकमले आम सर्बसाधारण र लगानीकर्तालाई सुसुचित गराउन तथ्यपूूर्ण र प्रमाणित सूचनाहरु मात्र प्रबाह गर्नेछ । कुनै पनि भ्रमपूर्ण सूचनाहरुको खेदो खन्नु र स्वस्थ, तथ्यपूर्ण सूचनाहरुको पैरवी गर्नु यस पोर्टलको धर्म हुनेछ । संबेदनशील सूचनाहरुको आधिकारिकता र आधार फेला नपारी यस पोर्टलबाट प्रबाह हुनेछैन ।

नयाँ ब्यवस्थापनले कम्पनीलाई सुदृढ पार्दै पोर्टलमार्फत स्वस्थ सूचना प्रबाह गर्न नविनतम सूचना प्रविधिको सहारा लिनेछ । यस प्रयासलाई आम सर्वसाधारण, लगानीकर्ता, पाठक र अन्य सरोकारवालाबाट सहयोग प्राप्त हुने अपेक्षा गरेका छौ । गलत हुँदा खु्टयाएर आलोचना गर्ने र राम्रो काम हुँदा प्रोत्साहन नै अमूल्य सहयोग हो ।यसप्रति हामी सदा ऋणी रहेर सोही अनुसार सुधार र परिस्कृत हुँदै जानेछौं ।
-ब्यवस्थापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here