पर्यटन क्षेत्रमा चर्चित नाम सोल्टी होटलले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा आफुले गरेको प्रगतिको विवरण सार्वजनिक गरेको छ ।

चालु आ.व.को दोस्रो त्रैमाससम्म ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटलको गत बर्षको खुद नाफा १५ करोड १६ लाख रुपैयाँ थियो तर यस बर्ष २३.५६ प्रतिशतले अर्थात ३ करोड ५७ लाख रुपैयाँले खुद नाफा घटेको छ ।

होटलले गत बर्षको तुलनामा खर्च घटाएतापनी आम्दानी बढाउन सकेन । होटलले पुस मसान्त सम्ममा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ८२ करोड ११ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष होटलले व्यापार व्यवसायबाट ८८ करोड ५ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो । कुल खर्च तर्फ भने समिक्षा अवधिमा १ करोड ३९ लाख ७१ हजार रुपैयाँ घटेको छ जसलाई एउटा राम्रो पक्ष मान्न सकिन्छ ।

६६ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब १ करोड १२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा होटलले १४ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ तर गत बर्षको तुलनामा १९ करोड २८ लाख रुपैयाँले घटेको हो ।

अन्य कम्पनीको प्रतिकित्ता शेयरमूल्य एक सय रुपैयाँ रहेपनि सोल्टीले प्रतिकित्ता दश रुपैयाँ अंकित दरमा शेयर जारी गरेको थियो। यस आधारमा कम्पनीको दश रुपैयाँ अंकित शेयरले एक रुपैयाँ ५८ पैसा आर्जन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here