स्पर्श लघुवित्त वित्तीय संस्थाको १३.६८ प्रतिशत सुरक्षित गर्ने आज बुधबार (पुस ९ गते) अन्तिम दिन हो । पुस २७ गते साधारण सभा बोलाएको लघुवित्तले पुस १० गते देखी २७ गते सम्म बुक क्लोज गर्दैछ ।

लघुविले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर बापत ०.६८ प्रतिशत गरी कुल १३.६८ प्रतिशत लाभांश दिन लागेको हो ।

साधारण सभा होटल बाराही, लेकसाइड पोखरामा हुनेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिन प्रस्ताव पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here