आफ्नो जीवनलाई जोखिममा पारेर भए पनि कोरोना संक्रमित भएका बिरामीको उपचारमा संलग्न चिकित्सकलाई कारबाही गरेर केपी ओली सरकारले बहादुरी प्रदर्शन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका बरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई बिरामीको ब्यक्तिगत विवरण चुहाई, पदीय मर्यादा र पेशागत आचारसंहिताविपरित काम गरेको आरोप लगाउँदै स्पष्टिकरण सोधेको समाचार बाहिर आएको छ । ्

पुनमाथि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्नु अगाडि नै चितवनमा २ जना र उदयपुरमा १२ गरी १४ जना कोरोना नयाँ संक्रमित थपिएको सूचना संचार माध्यमलाई दिएको आरोप पनि लगाईएको बुझिएको छ ।

सूचना चुहाएको आरोपमा उनलाई यसअघि नै मन्त्रालयमै बोलाएर पटक –पटक चेतावनी दिर्इएकोमा अहिले मन्त्रालय नै तानिएको छ ।

संचार माध्यमलाई बेलैमा सही सूचना नदिने सरकारले एक इृमानदार चिकित्सकमाथि कारबाही गरेर आफ्नो बहादुरी प्रदर्शन गरेकोमा जनस्तरबाट आलोचना भएको छ ।

यस बारेमा प्रतिक्रिया लिन स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देबकोटा र सहायक प्रबक्ता समीर अधिकारीलाई फोन गर्दा उहाँहरु सम्पर्कमा आउन चाहनु भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here