स्वरोजगार लघुवित्तको शतप्रतिशत हकप्रदमा आबेदन दिने आज अन्तिम दिन हो ।

लघुवित्ले गत साउन १३ गतेदेखि चुक्ता पूंजीको शत प्रतिशत अर्थात १२ लाख २४ हजार ९७७ कित्ता हकप्रद विक्री खुल्ला गरेको थियो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस हकप्रदमा गत असार २७ गतेसम्म कायम शेयरधनिहरुले आवेदन दिन सक्नेछन ।

कम्पनिको हकप्रदमा एनएमबी क्यापिटल, एनएमबी बैंकका देशभर रहेका शाखा कार्यालयहरु, स्वरोजगार लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स, कामना सेवा विकास बैंक तथा सी आस्वा प्रणाली मार्फत आवेदन दिन सकिने छ ।

कम्पनिले गत आर्थिक बर्षमा ३ करोड ६५ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानि २९ रुपैयाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here