स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालु आ.व.को पुस मसान्त सम्ममा संस्थालाई १२ लाख ६९ हजार रुपैयाँ घाटा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

लघुवित्तको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेसँगै संभावित घाटा बापतको कोष बढ्दा संस्था घाटामा गएको छ ।

गत चैतबाट आफ्नो सञ्चालन थालेको लघुवित्तको गत त्रैमासको अन्त्यमा १५ लाख ९१ हजार घाटा रहेकोमा दास्रो त्रैमासको अन्त्यमा १२ लाख ६९ हजारमा झरेको छ ।

१ करोड ७६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेर १९ करोड ९१ लाख ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको संस्थाले दास्रो त्रैमासको अन्त्यसम्ममा २२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत त्रैमासको तुलनामा ३१० प्रतिशतले बढि हो ।

१ करोड २० लाख चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष ३७ लाख ३२ हजार रुपैयाँले ऋणात्मक छ ।

गत आ.व.को तेस्रो त्रैमासबाट मात्र वित्तीय कारोबार थालेको संस्था प्रदेश २ मा सञ्चालित छ जसको मुख्य कार्यालय लहानमा रहेको छ ।
गत माघ १ गते प्रथम साधारण सभा गरि संस्थाले मर्जर तथा एक्विजिसनको ढोका समेत खोलेको छ । यो संस्था नेप्सेमा सुचिकृत भने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here