स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आफनो बार्षिक साधारण सभा एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा आज पुस २० गते हुँदैछ । सभामा ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने साथै अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८८ लाख रहेको र बोनस वितरणपश्चात ७९ करोड २३ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here