जुन कम्पनीले जत्ति धेरै हकप्रद सेयर बिक्री गर्ने घोषणा गर्यो, त्यसको त्यत्ति धेरै मूल्य उचालेर सेयर किन्नहरुलाई सिनर्जी फाईनान्स (SYFL)अर्को पाठ सावित भएको छ ।

संकटग्रस्त अबस्थाबाट सुधारिन खोजेको पहिलेको जनरल ( हाल वेष्ट फाईनान्स)संग बेचिने सम्झौता गरेपछि सिनर्जीको कारोबार बिहीबारदेखि नै रोक्का भएको छ । हल्लाको पछाडि लागेर महंगोमा सेयर किन्नेहरुको सम्पति अब कम्तिमा ३, ४ महिना बन्धक बनेको छ ।

मर्जर र एविजिशनमा जाने कम्पनीको पीडा विगतमा बुटवल फाईनान्स, सिएमबी फाईनान्स र एल्पिक एभरेष्ट फाईनान्सबाट सिनर्जी बनेको कम्पनीका लगानीकर्तालाई राम्ररी थाहा छ ।

वेष्ट फाईनान्ससँग बेचिए पछि राम्रो त होला तर लामो समय लाग्ने छ किनभने दुबै संस्था संकटग्रस्त अबस्थाका हुन् ।
हाल ४७ करोड हाराहारीमा चुक्ता पूँजी र संचित घाटामा रहेको सिनर्जीले ७० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब अघि सारेपछि एकथरी लगानीकर्ताहरुले उचालिएर सेयर किनेका थिए ।

गत भदौं ५ गते सोमबार सिनर्जीले पहिलेको २५ प्रतिशत हकप्रदलाई संशोधन गरी ७० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी बढाउने प्रस्ताब सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ताहरुले हदैसम्म उचालिएर त्यस कम्पनीको सेयर किने । त्यस दिन १० प्रतिशतले सेयर मूल्य बढेर बेच्नेहरुको चरम अभाव मात्रै भएन १० हजार कित्ता सेयर कारोबार भयो । सेयर मूल्य १४३ रुपैयाँबाट १२ रुपैयाँ बढेर १५५ पुग्यो ।

फाइनान्स कम्पनीले कार्तिक १७ गते बोलाएको १९ औं बार्षिक साधारण सभा बोलाएको छ । साधारणसभाको सूुचनामै कम्पनीले साधारण सभा गर्ने समयसम्ममा कुनै उपयुक्त संस्थासँग गाभ्ने र गाभिने सम्झौता भएमा सो प्रयोजनका लागि चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गरी गाभ्ने र गाभिने सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने समेत प्रस्ताव पनि सँगै राखेको छ । अब सिनर्जीले हकप्रदलाई रद्ध गर्न सक्नेछ वा संशोधन हुनेछ ।

फाइनान्स अझै पाँच करोड २४ लाख रुपैयाँ सञ्चित जगेडा नोक्सानीमा रहेको छ । यस्तो अबस्थाको कम्पनीमा संस्थापक सेयरधनीले हकप्रद वापतको पैसा जम्मा गरेर थप लगानी गर्ने अबस्था नै थिएन् ।

पहिले हकप्रदमा उचालिएर सेयर किन्नेहरुलाई अब बेष्ट फाईनान्ससँग कम्पनी बिक्री भएर सेयर कारोबार नखुल्दासम्म आराम गर्नुपर्ने बाध्यता आईलागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here