सर्वसाधारणको २० प्रतिशत लगानी रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेर  सातौं साधारणसभा आब्हान गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ करोड १० लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने भएकोले पुस १६ गतेसम्म कायम शेयरधनीले
मात्र कम्पनीकम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

कम्पनीले पुस ३० गते आब्हान गरेको सातौं वार्षिक साधारण सभामा बोनश शेयरपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काश गर्ने प्रस्ताव लैजादै छ ।

हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पुँजी ११ अर्ब रुपैयाँ पुग्नेछ भने हकप्रद निष्काशनपछि २२ अर्ब रुपैयाँ पुग्नेछ ।

गत वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ८३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ। उसले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ३७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here