शेयर बजारमा एकपछि अर्को जलविद्युत्त कम्पनीले शेयर बिक्रीमा ल्याउने क्रम चल्दा युनियन हाइड्रोपावरको ३५ लाख प्राथमिक शेयर अर्थात आईपीओमा चैत्र १३ गतेदेखि आबेदन खुलेको छ ।

कम्पनीले आयोजना प्रभावितले नकिनेको शेयर समेत गरेर ३५ लाख ३४ हजार ३४० कित्ता शेयर सर्बसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

३.३ मेगावाटको आयोजना निर्माण गरेको युनियनको प्रति मेगावाट लागत २६ करोड ५० लाख छ । उसले सामान्यतया १० बर्षपछि मात्र लाभांश दिनसक्छ । कम्पनीको समग्र अबस्था अति कमजोर रहेकाले कम्पनीले ग्रेड ५ रेटिड. पाएको छ ।

यस कम्पनीको आईपीओमा सर्बसाधारणले माग भन्दा बढी आबेलन गरे भने छिटोमा चैत १७ गते आबेदन लिन बन्द बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here