हाईड्रोपावर कम्पनीहरुमा यस बर्ष सबैभन्दा धेरै प्रतिशत लाभांश घोषणा गर्नेमा बुटवल पावर (बीपीसी) भएको छ ।

बीपीसीले गत बर्षको वितरणयोग्य नाफा र संचित कोष समेत उपयोग गरी २८ प्रतिशत लाभांश घोषणा गरेको हो । यसमा १० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश छ । उसले अघिल्लो बर्ष पनि सोही अनुपातमा लाभांश वितरण गरेको थियो ।

कम्पनीले पुस २४ गते २७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । कम्पनीको लाभांश भने पुस ८ गतेसम्म कायम शेयरधनीले पाउने जनाईएको छ ।

दुई अर्ब ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष ७७ करोड कमाएर प्रतिशेयर आम्दानी ३१ रुपैयाँ कायम गरेको थियो । उसको जगेडा कोषमा ४ अर्ब ७३ करोड छ ।

बोनस शेयर वितरण गरेपछि प्रति शेयर आम्दानी घट्ने र बजारमा शेयरको आपुर्ति बढेर मूलय पनि घट्ने जोखिम भने हुनसक्छ । दुई बर्ष अघि ५०१ रुपैयाँमा एफपीओ किन्नेहरुले समेतअहिले घाटा ब्यहोरेको अबस्थामा आगामी दिनमा बजारमा कस्तो हुन्छ भन्नेमा धेरै कुरा निर्भर रहन्छ ।

कम्पनीले ३० मेगावाटको न्याग्दी हाईड्रो निर्माण गरिरहेको छ भने अन्य साझेदारहरु खोजेर थप आयोजना निर्माणको प्रयास पनि जारी राखेको छ ।

मंसिर २३ गतेको मध्यान्हको मूल्य प्रतिकित्ता ३६० को आधारमा बीपीसी शेयर मूल्य धेरै भएको हाईड्रो कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here