अर्जुन पौडेल ।

शेयर बजारमा सर्बसाधारणको आकर्षण बढेको बेला कयौं हाईड्रोपावरहरुले प्राथमिक शेयर  (आईपीओ) बिक्री गरेर पैसा जम्मा पारे तर शेयर कारोबारका लागि सूचीकरण शुल्क समेत बुझाउँन नसक्दा सर्बसाधारणले कारोबारबाट बंचित हुनु परेको छ ।
घलेमदी हाईड्रोपावर कम्पनीले गत बर्षको पुस महिनामा निष्काशन गरेको आईपीओको सुचीकरण शुल्क भुक्तान नगरेपछि नेप्सेले चार महिनादेखि शेयर कारोबार रोक्का गरेको छ ।

शेयर लगानीसँग कुरा गर्दै कम्पनीका वित्त निर्देशक नारायण अधिकारीले नेप्सेले शेयर कारोबार रोक्का गरेको जानकारी भरखरै आफुहरुलाई थाहा भएको दावी गरे । उनले भने, ‘हाम्रो सम्पुर्ण कारोबार मर्चेण्ट बैकर विभोर ( हालको मुक्तिनाथ) क्यापिटलले हेथ्र्यो, हामीलाई पनि यो बारेमा केही दिन अगाडि मात्र थाहा भयो । अब एक दुई दिन भित्र हाम्रो कारोबार खुलिहाल्छ ।’
सञ्चालक समितिका अध्यक्ष किशोर सुबेदीले शेयर कारोबार रोक्का भएको बिषयबाट आफुलाई थाहा नभएको भन्दै पन्छिन खोजे । शेयर लगानीले उनीसँग कुरा गर्न खोज्दा अर्का पदाधिकारीको नम्बर दिएर आफुलाई यसबारेमा थाहा नभएको भन्दै फोन राखे ।

हाईड्रोका अर्का अधिकारीका अनुसार निर्माणाधिन म्याग्दीमा निर्माणाधिन साढे पाँच मेगावाटको आयोजना पुरा नभएर लथालिंग अवस्थामा रहेकोले शेयर कारोबार पनि चालु गर्न कम्पनीले चासो नदिएको हो । उसको शेयर चार महिना अघि प्रति कित्ता ६३ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here