हिमालयन डिष्टिलरीका संस्थापकले गत बिहीबार र सोमबार गरी दुई दिनमा ३० करोडको  रुपैयाँ बराबरको साढे दुई लाख कित्ता शेयर बिक्री गरेका छन् ।

कम्पनीमा आर्थिक समस्या उत्पन्न भएर घोषित लाभांश ३५ दिनपछि बल्ल बल्ल शेयरधनीको बैंक खातामा पठाएको डिष्टिलरीका संस्थापकले आफ्नो स्वामित्वमा रहेको डिष्टिलरीको शेयर बिक्री गरेका हुन् ।

गत साता ब्रोकर नम्बर ५३ र ४४ बाट शेयर बेचेका संस्थापकले माघ ६ गते सोमबार पनि सोही ब्रोकरबाट थप एक लाख ३६ हजार कित्ता शेयर बिक्री गरेका हुन् । ५० प्रतिशत बोनस सूचीकरण हुनु अघि ३८ करोड चुक्ता पुँजी रहेको कम्पनीका संस्थापकसँग २२ लाख कित्ता शेयर रहेकोमा अब २० लाख हाराहारी मात्र बाँकी छ ।

बैंक र बीमा बाहेकका कम्पनीका संस्थापकले कर्जा लिएको बाहेकको अबस्थामा सर्वसाधारणमा शेयर जारी गरेको तीन बर्षपछि आफ्नो शेयरलाई साधारण बनाई बिक्री गर्न पाउने ब्यवस्था रहेकाले हिमालयन डिष्टिलरीका संस्थापक शेयरधनीले बजारमा माग सिर्जना गराई निर्वाध रुपमा शेयर बिक्री गरिरहेका छन् । गत बिहीबार र सोमबार उनीहरुले बिक्री गरेका शेयर बजारका सर्बसाधारण लगानीकर्ताले नै किनेका छन् र स्वभाविक कारोबार भएको छ ।

संस्थापकले शेयर बिक्री गरेको र सर्बसाधारणले किनेको कारण नै हिमालयन डिष्टिलरीको कारोबार रकम अरु कम्पनीको तुलनामा सर्बाधिक हुँदै आएको छ ।

सोमबार ब्रोकर नम्बर ४४ मार्फत एक लाख १० हजार कित्ता र ब्रोकर नम्बर ५३ मार्फत २६ हजार कित्ता शेयर बिक्री हुँदा कारोबार रकम २० करोड नाघ्यो ।

कम्पनीमा सर्बसाधारण शेयरधनीको हिस्सा बढी हुन लागे पछि संस्थापकको बलियो पकड रहेकाले संस्थागत सुशासनको अबस्था भने शंकाष्पद नै छ ।

शेयरलगानीले यस अघि प्रबाह गरेका समाचारहरु यस्ता छन्ः

खबरदारीपछि हिमालयन डिष्टिलरीले बल्ल हाल्यो नगद लाभांश शेयरधनीको खातामा

१०० प्रतिशत लाभांश पारित गर्ने कम्पनीमा शेयरधनीलाई वितरण गर्ने पैसा नभएर हाहाकार

हिमालयन डिष्ट्रिलरीले ५० प्रतिशत बोनससहित प्रस्ताब गर्यो आकर्षक लाभांश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here