सर्बसाधारणमा १५ प्रतिशत मात्र साधारण शेयर जारी गरेको हिमालयन बैंकले १५ प्रतिशत संस्थापक शेयर साधारणमा बदलेर सर्बसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउने सोचले काम गर्ने संकेत देखिएको छ ।

राष्ट्र बैंकले सर्बसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन एफपीओ बिक्री गर्न भने पनि प्रतिशेयर नेटवर्थ भन्दा महंगोमा शेयर बेच्न नसकिने भएपछि एफपीओ प्रस्ताबलाई स्थगत गरेर संस्थापकलाई साधारणमा बदल्ने रणनीति अख्तियार गरिएको बताईन्छ ।

हिमालयन बैंकले प्रबन्ध पत्र तथा नियमावलीमा संशोधनको बिशेष प्रस्ताब  गरी माघ २९ गते साधारणसभा बोलाएको छ ।

साधारणसभामा १२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयरका साथै संचालकहरुको निर्वाचनको कार्यसूची छ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट पाँच जना निर्वाचित गर्ने भनिएको छ ।

साधारणसभामा १२ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयरका साथै संचालकहरुको निर्वाचनको कार्यसूची छ ।

पाकिस्तानको हबिब बैंकको २० प्रतिशत हिस्स्ेदारी रहेको छ । बैंकको साधारण शेयर संख्या बढ्ने बित्तिकै बजारमा धेरै आपुर्ति धेरै हुने र मूल्यमा असर पार्ने संभावना रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here