नेपाल स्टक एक्सचेन्जमा माघ १३ गते सोमबार हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र नागबेली लघुबित्तको शेयर मूल्य समायोजन भएको छ ।
तीनै कम्पनीको गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताबित बोनशमा शेयर मूल्य समायोजन भएको हो ।
माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हिमालयन बैंकको १० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरि नेप्सेले प्रतिकित्ता ५१३ रुपैँया ६४ पैसा कायम गरेको छ ।
साधारण सभामा बैंकका संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १२ प्रतिशत नगद लाभांश पारित गर्ने बिषेश प्रस्ताब रहेको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्जले डिप्रोक्स लघुबित्तको शेयर मूल्य समायोजन गरि प्रति कित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
लघुबित्तका संचालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनश शेयरमा शेयर मूल्य समायोजन भएको हो ।
डिप्रोक्सले आफनो १८ औँ बार्षिक साधारणसभा माघ २६ गते भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बोलाएको छ ।
सभामा संचालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद बितरणको प्रस्ताव रहेको छ ।
हाल डिप्रोक्सको चुक्ता पूँजी ७७ करोड ३४ लाख रहेको छ ।
नागबेली लघुबित्त बित्तिय सस्थाको शेयर मूल्य समायोजन गरि नेप्सेले प्रतिकित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।
लघुबित्तले प्रस्ताब गरेको २६ प्रतिशत बोनश शेयरमा शेयर मूल्य समायोजन भएको हो ।
नागबेलीले आफ्नो १० औं बार्षिक साधारण सभा माघ २६ गते लाई बोलाएको छ । सभा सिटि पार्टी प्यालेस बिर्तामोडमा हुने छ ।
साधारणसभामा नागबेलीले आफ्ना शेयरधनिलाई २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १.३६८ प्रतिशत नगद लाभांशको प्रस्ताब राखेको छ ।
यी तीनवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा सोमबार शेयर कारोबार खुल्नेछ ।