खुद नाफा घटेको बित्तीय विवरण प्रकाशित गर्नेमा हिमालयनका साथै मेगा बैंक पनि देखिएका छन् । दुबै बैंकले बिहीबार प्रकाशित गरेको पहिलो त्रैमासको बित्तीीय विवरणमा गत बर्षको पहिलो त्रैमासमा भन्दा यस बर्ष खुद नाफा घटेको देखाएका छन् ।

हिमालयन बैंकको धेरै सूचकहरुमा गिरावट आएको छ । हिमालयनको ब्याज आम्दानी र संचालन नाफामै गिरावट देखिन्छ । कोषको लागत बढी भएर ब्याज खर्च अत्यधिक बढेपछि ब्याज आम्दानीमा गिरावट आएको देखिएको छ भने निस्क्रिय कर्जा बढेर जोखिम कोषमा राख्नुपर्ने रकमको बढी भार थेग्नुपर्दा संचालन मुनाफामा समेत कमी आएको छ ।

आठ अर्ब चुक्ता पूुँजी पुर्याउन बाँकी छदै प्रति सेयर आम्दानीमा ठूलो गिरावट आएको छ भने अब एक अर्ब ६० करोड रुपैयाँको बोनस घोषणा गरेर पूँजी थप्दा प्रति सेयर आम्दानी कहाँ पुग्ला ? अनुमानकै बिषय हो ।

पूँजी आधार, जगेडा कोष, कारोबारको दायरा, पाकिस्तानी विदेशी साझेदारी, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर सम्पतिको मूल्य लगायतको हिसाब गर्ने हो भने हिमालयन बलियो छ ।

उता, पश्चिमान्चल बिकास बैंक लगायतका कम्पनीहरुलाई आफुमा मिलाएको मेगा बैंकको पनि खुद नाफा घटेर १४ करोडबाट ८ करोडमा सिमित भएको छ । कम्पनीले ब्याज खर्च दोब्बर पार्नु पर्नाका कारण ब्याज आम्दानी घटेको छ भने निस्क्रिय कर्जा बढ्दा त्यस वापतको रकम ब्यवस्था समेत बढाउनु परेको छ । जसका कारणले संचालन नाफा नै दोब्बर भन्दा बढीले घट्न पुगेको छ ।

मेगाले हालै जारी गरेको ६५ प्रतिशत हकप्रद सेयर चुक्ता पूँजीमा हिसाब देखाउँँन बाँकी हुँदा नै प्रति सेयर आम्दानी घटेर ६ रुपैयाँमा सिमित बनेकोमा त्यो थपिएपछि कहाँ पुग्ला ? टुरिजम डेभ्लपमेन्ट बैंकसँग मर्जमा जाँदै गरेको बैंकलाई सुधार नगरे लाज हुने स्थिति आएको छ ।

हिमालयन र मेगा दुबैको कोषको लागत दोब्बरले बढेको छ । हिमालयनको कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत र मेगाको ७८ प्रतिशत कटेकाले अब धेरै कर्जा परिचालन गर्न मुस्किल छ ।

आगामी त्रैमासहरु दुबै बैंकलाई चुनौतिपूर्ण नै देखिन्छ ।

(दुबै बैंकलाई एक आपसमा तुलना गर्नु उचित नभए पनि एकैदिन एउटै पत्रिकामा बित्तीय बिबरण प्रकाशित गरेका हुँदा संगै राखिएको हो । -संम्पादक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here