सात महिना अघि प्राथमिक शेयर ( आईपीओ) निश्काशन गरेको हिमाल दोलखा हाईड्रोपावरले बल्ल नेप्सेमा सूचीरकण गर्ने तयारी गरेको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीले गत असार २५ गतेदेखि सर्वसाधारणको लागि कुल ७६ लाख ७२ हजार २ सय १० कित्ता साधारण निष्काशन गरेको थियो जसमध्ये ३० लाख ९३ हजार २५० कित्ता आईपीओ सर्वसाधारणले स्विकार गरे भने बाँकि ४५ लाख ७८ हजार ९६० कित्ता शेयर प्रत्याभुतिकर्ताले किन्नुपर्ने भयो, यस्तो अवस्था आएपछि शेयर प्रत्याभुति कम्पनीले उक्त शेयर सकार्न आकानाकानी गरे जसकारण सो शेयर नेप्सेमा सुचिकरण हुन सकेको थिएन ।

उक्त शेयर बाँडफाँड भएको ६ महिना बित्दा पनि नेप्सेमा सुचिकरण हुन नसकिरहेको बेला हाल आएर मात्र कम्पनीले सबै प्रकृया पुरा गरिसकेको कारण सुचिकृत हुन लागेको छ । सो शेयर सुुचिकरण भएलगतै कारोबार खुल्नेछ ।

कम्पनीले जारी गरेको आईपीओ सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण गरि लगानीकर्ताको डिम्याट खातामा पठाइसकेकाले केही दिनभित्रै नेप्सेमा सूचीकरण भई कारोबार खुलाउन लागिएको हो।

हाइड्रोपावरको शेयरमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१ प्रतिशत, बिओके क्यापिटलले ३२.८६, लक्ष्मी क्यापिटलले २५ र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए। यि चार प्रत्याभुतिकर्ता मध्ये लक्ष्मी क्यापिटलले मात्र उबेलै शेयर  स्विकारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here