हिमाल दोलखा हाइड्रोपावरले जेठ १४ गतेदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि १ सय रुपैयाँ अंकित दरमा १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओमा आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का स्थानीय बासिन्दा तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानिय बासिन्दाले आवेदन गर्न पाउने छन ।

स्थानीयलाई आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमाल सर्बसाधारणको लागि ६२ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।

बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीको आइपीओमा इलाम जिल्लामा शाखा रहेका बैंकहरु लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सेन्चुरी बैंक ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एसबीआई बैंकबाट र सी आश्वा मार्फत पनि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा लगानीकर्ताले छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन भने सो अवधिमा सबै शेयर बिक्री नभएमा असार १३ गतेसम्म आवेदन गर्न पाइने ब्यवस्था रहेको छ ।

कम्पनीको आइपीओमा क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले औसतभन्दा कमजोर अवस्था जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

हिमाल हाइड्रोपावरले इलाम जिल्लामा ४.५५ मेगावाट क्षमताको माई खोला स्मल हाइड्रोपावर र ८ मेगावाट क्षमताको माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ निर्माण गरीरहेको छ ।

निर्माणधिन अवस्थामा रहेको माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावरको प्रतिमेगावट लागत १७ करोड ८० लाख रुपैयाँ र कुल लागत एक अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुन १७ वर्ष लाग्नेछ ।

कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । उसले चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा, २०७६/७७ मा ७ रुपैयाँ ५८ पैसा र २०७७/७८ मा ८ रुपैयाँ ८३ पैसा पुग्ने अनुमान गरेको छ ।

हाइड्रोपावरले २०७६/७७ मा सञ्चित नाफा ८ करोड ६३ लाख रुपैयाँ र २०७७/७८ मा २२ करोड ७५ लाख रुपैयाँ पुग्ने प्रक्षपन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here