धेरै कित्ता शेयर नपर्ने र १० कित्ता मात्र आबेदन गरे पनि पर्याप्त हुने साधना लघुवित्त वित्तीय संस्थाको सात लाख ७ हजार प्राथमिक शेयर अर्थात आईपीओ असार २१ गतेदेखि बिक्रीमा आएको छ ।

लघुवित्तले ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ आइतबारदेखि असार २४ गतेसम्म सर्बसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखेको हो ।

लघुवित्तले कुल निष्कासन गरेको ७ करोड ७ लाख ८० हजार शेयरमध्ये १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरेको हुँदा ६ लाख ६१ हजार कित्तामा मात्र सर्बसाधारणले आबेदन गर्न पाउँछन् ।

यसमा आश्वा सेवा प्रदान गर्ने आफ्नो बैंक खाता रहेको बैक वा मेरो शेयर सफ्टवेयर मार्फत सहजै आबेदन गर्न सकिन्छ । १० कित्तादेखि एक हजार कित्तासम्म आबेदन गर्नसकिने भए पनि हालको बाँडफाँड मोडल अनुसार १० कित्ता मात्र शेयर पर्नेहुनाले धेरै कित्ता आबेदन गर्नु बेकार हुन्छ ।

गोरखामा मुख्य कार्यालय रहेको र आधारभुत अबस्था कमजोर देखिएको लघुवित्तको चुक्ता पूँजी २१ करोड पुग्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here