हाईड्रोपावर कम्पनीको शेयरमुल्य घटेर लगानीकर्तामा निराशा छाएको बेला रिडी हाईड्रोपावरले भने १५१ प्रतिशतको नाफा बढाउँन सकेको वित्तीय विवरण निकालेर आशा जगाएको छ ।


विवरण अनुसार कम्पनीले गत आ.व.को पुस मसान्तको तुलनामा १५१.८९ प्रतिशतले नाफामा सुधार गरेको छ ।

गत आ.व.को पुस मसान्तमा ८७ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आ.व.को पुस मसान्तसम्ममा भने २ करोड १९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले दोस्रो त्रैमासमा मात्रै १ करोड १६ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीको विद्युत बिक्रिबाट हुने आय बढ्दा सो बराबरको नाफा आर्जन गर्न सक्षम भएको हो । गत आ.व.को पुस मसान्तसम्ममा १ करोड ३३ लाख २५ हजार बराबरको विद्युत बिक्रि गरेको कम्पनीले चालु आ.व.मा २ करोड ९३ लाख ३१ हजार रुपैयाँ बराबरको विद्युत बिक्रि गरेको छ ।

रोयल्टी, प्रशासन खर्च र योजना लागत बढे पनि कम्पनीको सञ्चालन मुनाफा गत आ.व.को पुस मसान्तको तुलनामा करीब साढे ११९ प्रतिशतले बढेको छ । चालु आ.व.को पुस मुुसान्तसम्ममा सञ्चालन मुनाफा २ करोड ४४ लाख २१ हजार रुपैयाँ भएको छ ।

कम्पनीको चुक्ता पुँजी ५३ करोड ११ लाख १८ हजार ४०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरि मुल्य आम्दानी अनुपात १७.४३ गुणा रहेको छ भने तरलता अनुपात ०.२६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here