लाभांश र साधारणसभा प्रयोजनार्थ भोली चैत ४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले महिला सहयात्रा लघुवित्तको १७.५ प्रतिशत लाभांश खाने र साधारणसभामा भाग लिने प्रयोजनका लागि बुक क्लोज अघिको आज अन्तिम कारोबार हुँदैछ ।
संस्थाको साधारणसभा आगामि चैत २२ गते ओम अध्याय रिट्रिट रिसोर्ट, बज्रबाराही, मकवानपुरमा डाकेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न उक्त साधारणसभा आव्हान गरेको छ ।
सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर र प्राप्ति समितिको गठन गरी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विप्रेषण सम्बन्धी कारोबार गर्न प्रबन्धपत्रमा सो व्यवस्था उल्लेख नभएकोले नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ कायम हुनेछ ।