नेपाल इनभेष्टमेन्ट बैंकले ८.५ प्रतिशत नगद र १०.५ प्रतिशत बोनस शेयर सहित आफ्नो ३३ औँ साधारणसभा आवहान गरेको छ ।

साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा यहि पौष २८ गते सोमबार दिनको ठिक १० बजे हुनेछ ।

संस्थाको हाल कायम १२ अर्ब ८६ करोड ८७ लाख चुक्ता पुँजीबाट १०.५ प्रतिशत बोनस शेयर तथा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ संस्थाले पौष १४ गते देखि साधारण सभा सम्पन्न नभएसम्म बुक क्लोज रहने कार्यसुचीमा उल्लेख छ ।

बैंकले आफनो पुँजी थप गर्न ऋणपत्र जारी गर्ने, शाखा विस्तार गर्ने आवश्यक बैंक तथा वित्तिय संस्थासँग गाभ्ने/गाभिने प्रकिृयामा जाने जस्ता भावी योजना प्रस्तुत गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here