गत बर्षको खुद नाफाबाट यस बर्ष भएको साधारणसभामा २७ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पूँजी बढाएको प्राईम कमर्शियल बैंकले सो भन्दा बढी अनुपातमा खुद नाफा बढाउँन सकेको छ ।

बैंकको खुद नाफा २९ प्रतिशतले बढेर ५५ करोडबाट ७१ करोड पुगेको छ । गत बर्ष ३३ प्रतिशत हकप्रद र १७.५ प्रतिशत बोनस वितरण गरेर धेरै पूँजी बढाएकाले त्यसको हिसाब समेत जोड्दा धेरै पूँजी बढाएको देखिएको हो ।

बैंकको ब्याज खर्च दोब्बरले बढे पनि खुद ब्याज आम्दानी बढाउन सकेको, संचालन खर्चमा पनि उल्लेखनीय बढोत्तरी गरेका कारण प्राईमको खुद नाफा बढेको देखिएको छ । तर निस्क्रिय कर्जा पनि बढेकाले जोखिम ब्यहोर्न कोषमा रकम बढाउनु परेको छ ।

निक्षेप र कर्जा परिचालनमा बृद्धि गरेर बैंकले आगामी त्रैमासमा अरु राम्रो प्रगति पस्कने संकेत गरेको छ तर सीसीडी रेसियो ७७ प्रतिशत भन्दा नाघेकोले लगानी बढाउँन भने अब सक्ने अबस्था छैन । कोषको लागत बढ्नु, कर्मचारी र संचालन खर्च बढ्नु, निस्क्रिय कर्जा बढ्नुले बैंकलाई चुनोति पनि थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here