नेपाल धितोपत्र बोर्डले दुई हाईड्रोपावर कम्पनीलाई ४८ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डले  लिर्वटी इनर्जी कम्पनी र युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीलाई ४८ लाख कित्ता साधारण शेयर निष्काशन  गर्न अनुमति दिएको हो ।


लिर्वटी इनर्जीको ३७ लाख ५० हजार र युनाइटेड इदीको १० लाख ५० हजार गरी ४८ लाख कित्ता शेयर निष्काशनमा आउनेछ।

फागुन ८ गते बोर्डबाट अनुमति पाएको लिबर्टी ईनर्जीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता मध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्काशन गर्नेछ ।

उक्त आईपिओलाई इक्रा नेपालले औषत अवस्था कमजोर रहेको जनाउने ग्रेड ४ को रेटिंग प्रदान गरेको छ।
आईपीओ निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तै बोर्डले गत फागुन ११ गते युनाईटेड इदी मर्दी एण्ड आरबी हाईड्रोपावर कम्पनीलाई १० लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्गस् नेपालले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउने केयर एनपी आईपीओ ग्रेड ४ को रेटिंग दिएको छ।

कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

ईदिमर्दीले कास्कीको ल्वाडघलेलमा ७ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने लिवर्टीले लमजुड.मा २५ मेगावाटको आयोजना बनाईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here