नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताबसहित १० औ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस ३० गते काठमाडौमा १० औं बार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभामा लाभांश प्रस्ताब पारित गर्नुका साथै सर्बसाधारण सेयरधनीको तर्फबाट एक संचालकको निर्वाचन हुने जनाईएको छ । टेलिकमको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न पुस १२ गतेसम्म सेयरधनी भईसकेको हुनुपर्ने जनाईएको छ ।

१५ अर्ब चुक्ता पूँजी रहेको नेपाल टेलिकमले गत बर्ष १५ अर्ब एक करोड खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १०० रुपैयाँ कायम गरेको थियो । उसले अहिले आठ अर्ब २५ करोड रुपैयाँ मात्र लाभांशको रुपमा बाँड्ने प्रस्ताब गरेर अरु रकम जगेडा कोषमा राखेको छ । उसको जगेडा कोषमा २०७४ असोज मसान्तसम्म ८१ अर्ब पुगेको छ ।

रणनीतिक साझेदारी भित्र्याउने बारेमा परामर्शदाता नियुक्त गरी काम गरिरहेको टेलिकमले त्यस सम्बन्धी बिषयलाई साधारणसभामा राखेको छैन तर डीडीए प्रतिबेदन आइसकेपछि थप प्रक्रिया तय हुनसक्ने बताईन्छ ।

सेयरको ब्यापार गर्नेहरुका लागि नेपाल टेलिकमको सेयरमा लगानी उपयुक्त छैन तर दीर्घकालीन लगानी गरी ढुक्कको प्रतिफल हासिल गर्न चाहने सबसाधारणका लागि टेलिकम सबैभन्दा राम्रो कम्पनी हो । उसको प्रतिसेयर आम्दानी १०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६।२४ गुणा मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here